विभिन्न समिति बनायो कांग्रेसले, प्रवक्ता चालिसेको संयोजकत्वमा प्रचारप्रसार समिति
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १० शनिबार
2.8k
Shares
काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको छ ।
सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, बैठकले कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पार्टी प्रवक्ता चालिसेले जानकारी दिए । साथै केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने पनि निर्णय उनले बताए ।
प्रवक्ता चालिसेका अनुसार शुक्रबार बैठकले पार्टीका तर्फबाट सभापति थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए ।