सभापतिको कुर्सीमा बसेपछि गगनले के गरे पहिलो हस्ताक्षर ?
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
2.9k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पहिलो हस्ताक्षर आफ्नो प्रतिबद्धतामा गरेका छन् ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको ८ दिनपछि पदवहाली गर्न पार्टी कार्यालय सानेपा पुगेका थापाले पहिलो हस्ताक्षर प्रतिबद्धतामा गरेका हुन् ।
उनले पहिलो हस्ताक्षर गरेको प्रतिबद्धतामा लेखिएको छ, ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश । यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दै छौँ हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’
पद वहाली भएपछि विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक पनि बसेको छ । उक्त बैठकले सभापतिलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै चुनावमा होमिने निर्णय गरेको छ ।
गत पुस २७ देखि ३० गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो ।