arrow

विध्वंश मच्याउनेलाई जनताले निर्वाचनमा पराजित गर्नुपर्दछः दाहाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
devendra-dahal-rastriya-sabha.jpg

काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले आशन्न निर्वाचनमा देश निर्माण गर्ने राजनीतिक दलहरूलाई विजयी गराउन आम मतदातालाई आग्रह गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभाको १९औँ अधिवेशनमा बोल्दै उजले सो कुरा बताएका हुन् । नेता दाहालले देशलाई ध्वंस बनाउनेहरूलाई मतदान गर्ने कि देश निर्माण गर्नेलाई भन्ने विषयमा नेपाली जनताले सही र सटिक विश्लेषण गरेर मतदान गर्नुपर्ने बताए ।

उनले देशमा ध्वंश मच्चाउनेहरूलाई निर्वाचनमा विजयी गराउने काम गर्न नहुने समेत बताए ।

नेता दाहालले भने, ‘यो निर्वाचन एउटा परीक्षा हो जनताका लागि । जसले यो देश बनाउनेलाई, निर्माण गर्नेलाई मतदान गर्ने कि अथवा यो देश ध्वंश बनाउने ? जनताले सही मूल्यांकन गर्नुपर्ने आवश्यक्ता छ । त्यसमा जनताले सही र सटिक निर्णय गर्नुहुनेछ भन्ने विश्वास राखेको छ ।’

नेता दाहालले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले यसको पुनःस्थापनमा जोड दिनुपरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ