नवनिर्वाचित सभापति थापासँगै सबै निर्वाचित सदस्यहरूको पदवहाली
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
2.6k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले अहिले पदवहाली गर्दैछन् । काठमाडौँमा गत पुस ३० गते मध्यराति सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए ।
पार्टी कार्यालय सानेपामा अहिले सभापति थापालगायत सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुले पदवहाली गर्दैछन् ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । पार्टी कार्यालयमा बस्ने बैठकमा आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।