arrow

नब्बे नेपाली अमेरिकाबाट डिपोर्ट, नेपाल ल्याएर छाडियो, अनुसन्धान जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
usa-flag-new.jpg
तस्बिर : फाइल

काठमाडौँ । सपनाको देश अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ ।

    विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो । 

विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दा बढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताए । 

डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकाननी बसेका, अध्यागमन कानन उल्लङ्घन गरेकालगायत रहेको विभागले जनाएको छ । ू

उनीहरुमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ । 

आवश्यक अनुसन्धान पछि ब्युरोले परिवारको जिम्मा लगाउने जनाएको छ  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ