अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
1k
Shares
काठमाडौँ । वैदेशिक सहायता कार्यक्रमअन्तर्गत अमेरिकाले नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स पूर्ण अनुदानमा सहयोग स्वरूप प्रदान गरेको छ ।
बिहीबार गौचरस्थित मध्यएयर वेशमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र रक्षा मन्त्री मानवीर राईको उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि अमेरिकाका राजदूत डीनआर थम्पसनले प्रधान सेनापति अशोकराज सिग्देललाई उक्त स्काई ट्रकहरू हस्तान्तरण गरेका हुन् ।
अमेरिकी सेनाद्वारा प्रदान गरिएको उक्त स्काई ट्रकहरू सैनिक प्रयोजनलगायत विपद् व्यवस्थापन तथा विभिन्न आपतकालीन उद्धारका लागि प्रयोग हुने नेपाली सेनाले जानकारी गराएको छ ।
परराष्ट्र मन्त्री राणाले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिएकी छन् ।
सोही अवसरमा नेपालका लागि अमेरिकाका राजदूत डीनआर थम्पसनले हस्तान्तरण गरिएका दुईवटा स्काई ट्रकहरूले दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको भन्दै निकट भविष्यमा सहयोग स्वरूप थप २ (दुई) वटा बेल हेलिकोप्टर प्रदान गर्ने योजना रहेको समेत बताए ।
कार्यक्रममा बलाधिकृत, अमेरिकी विदेशी सैन्य वित्तपोषण का प्रमुख उपनिर्देशक रथीबृन्द, परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधिहरू लगायत अमेरिकी राजदूतावासका सैनिक सहचारी तथा प्रतिनिधि सहभागी थिए ।