काठमाडौँ । अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपालीको हत्या भएको छ। त्यहाँको मानासास पार्कमा रहेको एक घरमा बिहीबार राति दुई बालबालिकासहित चार नेपालीको गोली हानी हत्या भएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनामा ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ, आठ वर्षीया बालिका र दुई वर्षीय बालकको शन फेला परेको छ । प्रहरीका अनुसार घटनास्थलबाट एउटा बन्दुक बरामद भएको छ।
छिमेकीहरूले मृतक परिवार करिब छ महिनाअघि नेपालबाट त्यहाँ पुगेको जानकारी दिएका छन् । चारै जनाको गोली लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
मानासास पार्क प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। चारै जनाको शव पोस्टमार्टमका लागि मानासासको मेडिकल परीक्षकको कार्यालयमा पठाइएको छ ।
घटनाबारे थप जानकारी लिन मृतकका आफन्त, पीडित परिवार र साथीभाइहरु उक्त अपार्टमेन्टमा पुगेको स्थानीय अनलाइन डब्ल्यूयूएसए९ले जनाएको छ ।