arrow

पर्यटन विधेयकको मस्यौदा प्रतिवेदनलाई टुङ्गो लगाउँदै विधायन समिति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
bidhayan-bewasthapan-samiti-082-11.jpg

काठमाडौँ ।  संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको १६० औँ बैठक आज बुधबार बस्दैछ। सिंहदरबारस्थित संसद भवनको समिति बैठक कक्षमा दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ।

आजको बैठकमा मुख्य गरी पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल हुने कार्यसूची रहेको छ। समितिका माननीय सदस्यहरू र सम्बन्धित सरोकारवालाहरू बीच विधेयकका प्रावधान, पर्यटन क्षेत्रको सुधार र नयाँ व्यवस्थाका विषयमा विस्तृत विचार–विमर्श गरिने जनाइएको छ। 

पर्यटन विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनलाई टुङ्गो लगाउन र अन्य विविध समसामयिक विषयमा छलफल गर्न समितिले सबैलाई उपस्थितिका लागि अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ