arrow

खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा, मन्त्रालय छोडेर सिराहा-१ ताक्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
bablu-gupta-82-7-9.jpg

काठमाडौँ । बब्लु गुप्ताले खेलकुद मन्त्री पदबाट राजीनामा दिएका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीस्वरुप उनले आइतबार राति नै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्नो निर्णयबारे जानकारी गराएका हुन्।

मन्त्री गुप्ताले सोमबार सार्वजनिक बिदा परेकाले आफ्नो राजीनामा पत्र मङ्गलबार मात्रै औपचारिक रूपमा दर्ता हुने बताएका छन्। उनी आगामी निर्वाचनमा सिराहा क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रने तयारीमा छन्। हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग नजिक रहेका उनले सोही पार्टीबाट निर्वाचन लड्ने इच्छा व्यक्त गरे पनि आधिकारिक रूपमा टिकट भने पाइनसकेको जानकारी दिए।

अहिले जनकपुरधाममा रहेका गुप्ता रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सञ्चालन गरिरहेको चुनावी अभियानमा सक्रियतापूर्वक सहभागी भइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ