निर्वाचन आयोगले गगनको नेतृत्वलाई मान्यता दिएपछि देउवा समूह बैठकमा
एकताबद्ध भएर अघि बढ्न सभापति थापाको अपील
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
3k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । बैठक बिहान ८ बजे पार्टी मुख्यालय बीपीनगर सानेपामा बस्दैछ ।
शुक्रबार बेलुका निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्षले केन्द्रीय कार्य समितिको बैठक बोलाएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवं सातवटै प्रदेश कार्यसमितिका सभापतिलाई अनिवार्य उपस्थिति हुन अनुरोध गरिएको छ ।
यसअघि आयोगले निर्णय दिनुअघि नै देउवा पक्षका नेता एवं कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूले मान्यता नपााए देशैभर आन्दोलन गर्ने भन्दै आयोगलाई धम्की दिएका थिए ।
सौम्य स्वभावमा खड्काको उक्त धम्कीको चर्को आलोचना भइरहेको छ ।
गगन थापा समूहले पार्टीको विधानअनुसार डाकेको विशेष महाधिवेशनबाट नेतृत्व चयन गरेको हो । दुई दिनका लागि भन्दै पुस २७ गते र २८ गतेका लागि डाकिएको विशेष महाधिवेशन गगन र विश्वप्रकाश शर्माले सहमतिमै जानुपर्छ भन्दै स्वयं तत्कालीन सभापति शेरबहादुर देउवालाई नै प्रमुख अतिथि बनाउन जोड गरेका थिए ।
त्यतिमात्र होइन सहमतिकै नाममा दुई दिनका लागि डाकिएको महाधिवेशन चार दिनसम्म लब्बिएको थियो ।
तर अन्तिम समयमा सहमति गर्नुको सट्टा तत्कालीन नेतृत्वले पुस ३० गते दिउँसो गगन, विश्वप्रकाश र फर्मुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेको थियो ।
यसैबीच निर्वाचन आयोगले आफूहरूलाई मान्यता दिएपछि सभापति थापाले एकताबद्ध भएर अघि बढ्न अपील गरेका छन् ।