arrow

गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले दियो आधिकारिकता 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
congress-meeting-gagan-thapa-82-10-1 (1).jpg

काठमाडौँ । निर्वाचन आयोगले विशेष महाविधेशन गरेर पार्टीलाई जीवन्त तुल्याएको गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिएको छ । पार्टीको विधानअनुसार विशेष महाधिवेशन सफल पारेको गगन थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाएको आयोग उच्च स्रोतले बताएको छ । 

निर्वाचन आयोगको आज दिनभर बसेको बैठकले थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेको हो । गगन थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेसँगै सोहीअनुसार पार्टीको अद्यावधिक हुने भएको हो । 

यता आधिकारिकता माग्दै शेरबहादुर देउवा पक्षले धम्कीपूर्ण भाषा प्रयोग गर्दै निर्वाचन आयोगले आफूहरुको विपक्षमा निर्णय सुनाए देशैभर आन्दोलन गर्ने बताएको छ । 

पार्टी विधानविपरीत गएको देउवा पक्षका नेता पूर्णबहादुर खड्काले आगामी प्रतिनिधि सभा निर्वाचन नै प्रभावित पार्ने किसिमले देशैभर आन्दोलन गर्ने धम्की दिएका हुन् । 

तर कानूनका दफा दफा हेरेर दिनभर अनुसन्धान गरेका निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसँगै आयुक्तहरुले थापा पक्षलाई आधिकारिकता दिएका हुन् । 

उनीहरु बेलुकी कडा सुरक्षाबीच आयोगबाट घर गएका थिए । उनीहरु गएपछिमात्र थापा पक्षलाई आधिकारिकता दिएको सूचना बाहिरिएको हो । 

यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले विधि, पद्धति, संविधान, ऐन, कानून र नियमको परिधिभित्र रहेर मात्रै निर्णय गर्ने बताएका थिए । 

‘‘विधि, पद्धति छ, संविधान छ, ऐन, कानून, नियम छ यसको परिधिभित्र रहेका निर्वाचन आयोगले अध्ययन विश्लेषण गर्ने हो । निर्वाचन आयोगले विधि र पद्धति बाहिर गएर निर्णय गर्दैन । हाम्रो संस्थागत परम्परा छ,’ उनले भने ।

आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने उल्लेख गर्दै भण्डारीले निर्वाचन आयोगको आफ्नै संस्थागत परम्परा रहेको दाबी गरे ।

भण्डारीले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने उद्देश्यले आफ्ना कार्यतालिकाहरु प्रकाशित गरेको उल्लेख गर्दै निर्वाचन सम्पन्न गर्न आग्रहसमेत गरे ।

उक्त विवाद सुल्झाउन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीसहितका आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा थिए ।

गगनको पक्षले आधिकारिकता भएपछि देउवा समूहले विरोध गर्दै नाराबाजी गरेका छन् । यता गगन पक्षले खुशीयाली मनाइरहेको छ । 

५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते विशेष महाधिवेशन माग गर्दै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित मागपत्र बुझाएका थिए । 

विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्छ । 

तर संस्थापनले विशेष महाधिवेशन नडाकी पुस २६ देखि हुने गरी नियमित महाधिवेशन डाक्यो । तर त्यो महाधिवेशन गर्नुअघि पूरा गर्नुपर्ने प्रक्रिया पूरा गरेन । 

नियत थियो चुनावपछि महाधिवेशन गर्ने र वैशाखमा पुर्यायो । तर निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन डाकेर पुस २७ देखि ३० गतेसम्म गरी नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्यो । 

सोही विधि विधानपूर्वक गरिएको विशेष महाधिवेशनलाई नै आधार मानेर आयोगले गगन नेतृत्वलाई आधिकारिकता दिएको हो । योसँगै देउवा युग सकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ