arrow

पुष्पा भुषाल भन्छिन् – विघटित केन्द्रीय समितिले गरेको कारबाहीको कुनै कानूनी वैधता छैन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
pushpa-bhusal-82-9-30.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुषालले विशेष महाधिवेशनको पहिलो दिनकै बन्दसत्रले केन्द्रीय कार्यसमिति विघटन गरिसकेको अवस्थामा संस्थापन महामन्त्रीहरूमाथि गरिएको कारबाहीको कुनै कानूनी वैधता नरहेको बताएकी छिन् । 

बुधबार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भुषालले बन्दसत्रबाट केन्द्रीय कार्यसमिति विघटन गर्ने निर्णय सर्वसम्मत रूपमा पारित भइसकेकाले त्यसपछि केन्द्रीय कार्यसमितिले गरेका निर्णय औचित्यहीन भएको स्पष्ट पारिन् । 

केन्द्रीय कार्यसमिति विघटन भइसकेको कारण कुनै पनि पदाधिकारीलाई स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार नै नरहने भएकाले महामन्त्रीहरूमाथि गरिएको कारबाहीको कुनै औचित्य नरहेको दोहोर्याइन् । 

उनले बन्दसत्रले पार्टीको नयाँ नीति पारित गर्दै केन्द्रीय कार्यसमिति विघटन गरिसकेको अवस्थामा केन्द्रीय कार्यसमितिको नाममा भए गरेको निर्णयलाई महाधिवेशन प्रतिनिधिहरूले नचिन्ने जिकिर गरिन् । 

उनले भनिन्, ‘विशेष महाधिवेशनको पहिलो दिनको बन्दसत्रले केन्द्रीय कार्यसमितिको विघटन गरिसकेको थियो । त्यो निर्णय सर्वसम्मत पारित भएको अवस्था थियो । त्यसकारण आज जुन महामन्त्रीहरुमाथि कारबाही भयो, स्पष्टिकरण सोध्ने कुरा पनि भएन किनभने विघटन भइसकेको अवस्थामा केन्द्रीय कार्यसमितिले आफ्नो औचित्य गुमाइसकेको स्थितिमा आज भएको कारबाहीको कानूनी वैधता छैन । यो निर्णयलाई महाधिवेशन प्रतिनिधिले चिन्दैन । विधानमा त्यो व्यवस्था पनि छैन ।’ 

उनले विशेष महाधिवेशनद्वारा नेतृत्व चयन गरेर पार्टी आसन्न निर्वाचनमा होमिने जिकिर गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ