arrow

गगन थापा भन्छन् - वास्तविक नेपाली कांग्रेस हामी हौँ, पार्टीबाट निष्काशन गर्न तिमीहरूको प्राइभेट कम्पनी हो र ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
gagan-thapa-82-9-27ppeerr.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन् । 

बुधबार काठमाडौंस्थित विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूहरू नयाँ कार्यसमिति चयन गर्ने क्रममा रहेको उनले बताए । 

उनले विशेष महाधिवेशनबारे समयमै निर्वाचन आयोगलाई जानकारी गराइसकेको पनि बताए । उनले काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आफूहरूलाई निष्काशन गरेको सुनेको भन्दै कांग्रेस कसैको निजी कम्पनी नभएको टिप्पणी गरे ।
 
थापाले भने, ‘अहिले समाचार सुनेँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले दुई जना महामन्त्री र एक जना सहमहामन्त्रीलाई निकाल्यो । तपाईंहरुको प्राइभेट कम्पनी हो निकाल्नलाई ? नेपाली कांग्रेसको झण्डा बोकेर हिँड्दै गर्दा ९ कक्षामा थिएँ । २०६२/०६३ को आन्दोलनमा लड्यौँ । दुई हजार चार सय ८८ जना महाधिवेशन प्रतिनिधि जम्मा भएको स्थल हो यो । तपाईंहरु मात्रै निर्वाचन आयोग जानुहुन्छ ? त्यही निर्वाचन आयोगमा यही महाधिवेशन स्थलमा शुरू भएर त्यो विशेष महाधिवेशन समयमै निर्वाचन आयोगलाई जानकारी गराइसकिएको छ । कांग्रेस अहिले विशेष महाधिवेशनको क्रममा छ । हाम्रो श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसक्यो । हामी अब नयाँ कार्यसमिति चयन गर्ने क्रममा छौँ ।’

थापाले वास्तविक नेपाली कांग्रेस आफूहरु भएको दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ