arrow

स्थानीय निकायको काममा कर्मचारीको तगारो, कुरो मिलेपछि शुक्रबारदेखि काम नियमित

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
sanghiya-mamila-sthaniya-local-development-.jpeg
काठमाडौँ । चार दिनदेखि ठप्प स्थानीय निकाय शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारी र स्थानीय निकायका कर्मचारी सङ्घ, सङ्गठनका प्रतिनिधिबीच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्नेलगायत सातबुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । 
 
मन्त्रालय र आन्दोलनरत पक्षका प्रतिनिधिबीच १२ सदस्यीय कार्यदल गठन गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्न दुवै पक्ष सहमत भएको मत्रालयका सल्लाहकार माधव सापकोटाले जानकारी दिए । 
 
चार दिनदेखि स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारीसरह समान पदका लागि समान अवसर प्रदान गर्नुपर्ने र लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताको अवसर दिनुपर्नेलगायत माग राख्दै स्थानीय निकायका कर्मचारी आन्दोलित हुँदै आएका थिए । 
 
गत बिहीवार एक घन्टा र शुक्रबार १० देखि अपराह्न १ बजेसम्म काम छाडेर हड्तालमा उत्रिएका कर्मचारीले आइतबार देशभरका पूरै स्थानीय निकायबाट कामकाज ठप्प पारेका थिए । 
 
बिहीबार तेस्रो दिन पनि स्थानीय निकायबाट हुने कुनै किसिमको काम हुन सकेन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ