शंकर तिवारी भन्छन् - कांग्रेसलाई कांग्रेसबाटै खतरा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
2.3k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले कांग्रेसलाई कांग्रेसबाटै खतरा भएको बताएका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहँदा मंगलबार उनले भृकुटीकण्डपस्थित मिडिया सेन्टरमा आफ्नो पुस्तक 'चौबाटोमा चारतारा' विमोचन गर्दै सो विचार राखेका हुन् ।
उनले कांग्रेसमा २००७ सालमा गरेको सिद्धान्त र एजेण्डा ल्याएजस्तै जेन-जीआन्दोलनमा कांग्रेस नबदलिएसँगै अब कांग्रेस अगाडि बढ्न नसक्ने जिकिर गरे । उनले ४५ दिनसम्म पनि कांग्रेसले जेनजी आन्दोलनपछिको उभारलाई आत्मस्वीकृति नगरेकाले देशको राष्ट्रिय राजनीति नबदलिने बताए ।
उनले जेन-जी समूहसँग दलसुधारको बारेमा यो पस्तकमा उल्लेख गरिएको बताए ।