arrow

देउवाले महामन्त्रीद्वयसँग संवाद गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
deuba-gagan-bishwaprakash.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग संवाद गर्ने भएका छन् ।

सोमबार देउवा निवासमा भएको संस्थापन पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूले महामन्त्रीद्वयसँग संवाद गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘यसले केन्द्रीय कार्यसमितिले निर्णय गरेको वैधानिक महाधिवेशन हुन्थ्यो तर त्यो भएन । यस्तो अवस्थाले कतै पार्टी अप्ठ्यारोमा पर्ने विभाजन हुने होइन भन्ने आशंका उत्पन्न भएपछि सभापतिले छलफल गर्नुभयो । भेलामा सहभागी पार्टीका साथिहरुको सम्मानको लागि कसरी यसलाई शान्तिपूर्ण ढंगबाट निष्कर्षमा पुर्याउन सकिन्छ भन्ने हो । मलाई लाग्छ त्यसको निष्कर्ष भनेको पार्टी एकता हो र वैद्यानिक रुपमा अगाडि बढाउने हो । त्यसको लागि सभापति लगायतले भेलामा सहभागीहरुसँग संवाद गर्ने निष्कर्ष भएको छ ।’

उनले पार्टी फुट्न नदिन र एकता कायम राख्नको लागि दुवै पक्ष सकारात्मक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ