arrow

बन्दसत्र चलिरहँदा शेखरको सक्रियता

"सबैसँग समन्वय गरी कांग्रेसलाई एकढिक्का बनाउँछु"

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
shekhar-koirala-28.jpg

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र विशेष महाधिवेशनका कारण सिर्जित अन्योलबीच नेता डा. शेखर कोइरालाले पार्टी विभाजन रोक्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

सोमबार आफू पक्षका नेताहरूसँगको महत्वपूर्ण छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले पार्टीलाई फुटबाट जोगाउने र एकढिक्का बनाएर लैजाने दृढता व्यक्त गरे।

पार्टी फुट्ने डरले त्रसित कार्यकर्ताहरूलाई आश्वस्त पार्दै उनले भने, “म पार्टी जोगाउन कोसिस गर्दैछु र पार्टी जोगिन्छ, त्यसैले फुट्छ कि भनेर चिन्ता नगर्नुहोस्। मेरो एउटै मुख्य उद्देश्य पार्टी फुट्न नदिनु हो, म सबैसँग समन्वय गरेर र सबैलाई मिलाएर कांग्रेसलाई एकीकृत रूपमा अगाडि बढाउँछु।”

एकतर्फ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउँदै सोमबारदेखि बन्दसत्र सुरु गरिसकेका छन् भने अर्कोतर्फ संस्थापन पक्षले यसप्रति अझै कुनै चासो देखाएको छैन।

यस्तो परिस्थितिमा डा. कोइरालाले मध्यस्थकर्ताको भूमिका निभाउँदै दुवै पक्षलाई समेटेर लैजाने प्रयास गर्ने सङ्केत दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ