arrow

अन्तरिक्षमा पुग्दै स्वदेशमै निर्मित 'मुनाल' उपग्रह, भारतको श्रीहरिकोटाबाट आज प्रक्षेपण गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
munal-nast.jpg

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमा नै विकास गरिएको ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको अन्तिम तयारी पूरा गरेको छ। उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष प्रविधि विकासको यात्रामा एउटा महत्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ।

नास्टको स्पेस सिस्टम प्रयोगशालामा दुई वर्षको अथक प्रयासपछि तयार पारिएको यस उपग्रहले वनस्पति अनुगमन, स्वदेशी प्रविधिको परीक्षण र कृत्रिम बौद्धिकतामा आधारित डाटा प्रशोधनका लागि काम गर्नेछ। नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालका अनुसार भारतीय समय १०ः१७ बजे अर्थात् नेपाली समयअनुसार आज बिहान १०ः३२ बजे यो उपग्रह अन्तरिक्षतर्फ प्रस्थान गर्नेछ।

प्रक्षेपण भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको ‘एसएलभी–सिक्स टू’ (PSLV-C62) रकेटमार्फत ‘राइडसेयर पेलोड’का रूपमा गरिनेछ। उपग्रह अन्तरिक्षमा पुगेपछि यसको सञ्चालन र नियन्त्रण ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिने तयारी भएको छ। यसअघि 'नेपाली स्याट-१' प्रक्षेपण गरिए पनि विद्यार्थीहरूको प्रत्यक्ष संलग्नतामा स्वदेशमै तयार पारिएको यो पहिलो उपग्रह हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ