arrow

देश अप्ठ्यारोमा छ, अब नयाँ सोच र विचार चाहिन्छ: चन्द्र भण्डारी

पद र गाडी बाँडेर मुलुक बन्दैन, कांग्रेसले ३४ वर्ष यस्तै गरेर बितायो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
chandra-bhandarisss.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले केवल पद बाँडेर र ठूला घर तथा विलासी गाडीको अवसर दिएर मुलुक अगाडि बढ्न नसक्ने बताएका छन्। आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसले विगतका ३४ वर्ष यस्तै कार्यमा बिताएको भन्दै कडा आलोचना गरे।

उनले व्यक्ति विचार र सिद्धान्तले चल्नुपर्नेमा जोड दिँदै अवसरले मात्रै देश नबन्ने जिकिर गरे। "अब परिवर्तन र नयाँ सोचको आवश्यकता छ। पदमाथि पद बाँडेर, ठूला घर र गाडी बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न सक्दैनरहेछ भन्ने हाम्रो ३४ वर्षको अनुभवले देखाएको छ," भण्डारीले भने, "सही मानिसले अवसर पाए मात्र मुलुक बन्छ। असल मान्छे छैन भने जति अवसर दिए पनि प्रगति हुँदैन।"

नेता भण्डारीले आफ्नो वरिपरि आफ्ना कार्यकर्तालाई मात्र शासन सत्ता र अवसर सुम्पिएर देश विकास नहुने कुरा आज सबैले महसुस गरिसकेको धारणा राखे। उनले आफूहरूको मुख्य लक्ष्य प्रजातन्त्र जोगाउनु रहेको बताउँदै देश अहिले अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको बेला आगामी निर्वाचनमा कांग्रेस एक ढिक्का भएर जानुपर्नेमा जोड दिए। उनले पार्टीभित्र चाकडी र गुटभन्दा पनि योग्यता र विचारलाई प्राथमिकता दिन नेतृत्वलाई आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ