arrow

विशेष महाधिवेशनको माहोल बनाउन भ्रातृ तथा शुभेच्छुक समन्वय समितिले र्‍याली निकाल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
nepali-congress-second-special-general-convention-hamrakura.jpg

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो महाधिवेशनको तयारी तीव्र भइरहँदा विभिन्न समितिहरू सक्रिय भइरहेका छन् । सो क्रममा भ्रातृ तथा शुभेच्छुक समन्वय समितिले र्याली निकाल्ने भएको छ । 

समिति संयोजक एवं कांग्रेस नेतृ प्रतिमा गौतमले शनिबार दिउँसो समितिले र्याली निकाल्ने जानकारी दिएकी हुन् । 

उनले दिउँसो १ बजे विशेष महाधिवेशन स्थल भृकुटीमण्डपबाट र्याली शुरू भएर  बागबजार घुमेर पुनः भृकुटीमण्डपमै आएर टुंगिने बताइन् ।

विशेष महाधिवेशन पुस २७ र २८ गते हुँदैछ । महाधिवेशन स्थलमा नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ