arrow

विशेष महाधिवेशनको रापले तात्यो कांग्रेस

विशेष महाधिवेशन पक्षधरले गर्‍यो केन्द्रीय कार्यालयको निर्देशन खारेज

राजाको आदेश नमान्नेले पार्टीको विधानविपरीतको निर्देशन मान्दैनौँ : नेता शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
ajaya-dai-new.jpg

काठमाडौँ । नेपाली कांग्रेस पार्टीको दोस्रो विशेष महाधिवेशनको माग गर्दै आएको पक्षले बुधबार केन्द्रीय कार्यालयले प्रतिनिधिहरूलाई काठमाडौँ नआउन जारी गरेको निर्देशनलाई 'एकमुष्ट रूपमा खारेज' गर्ने घोषणा गरेको छ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी नेतृत्वको कदमप्रति कडा आक्रोश व्यक्त गरे। उनले विगतमा निरङ्कुश राजाको आदेश समेत नमानेका कांग्रेसका कार्यकर्ताले विधानसम्मत माग गर्दा जारी गरिएको 'फरमान' स्वीकार नगर्ने स्पष्ट पारे। "नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिवले जारी गरेको जुन आदेश छ, विधानको पालना होस् भन्दा विशेष महाधिवेशनको औचित्य सकियो भन्नु हास्यास्पद छ, हामी यसलाई यहीँबाट खारेज गर्छौँ," शिवाकोटीले भने।

विशेष महाधिवेशन पक्षधरहरूले सदस्यहरूको बढ्दो क्रियाशीलता देखेर संस्थापन पक्ष आत्तिएको र कार्यकर्तालाई तर्साउन पटक-पटक विज्ञप्तिबाजी गरिरहेको आरोप लगाएका छन्।

शिवाकोटीले आजै बोलाइएको कार्यसम्पादन समितिको बैठकलाई पनि त्यसैको निरन्तरताको रूपमा व्याख्या गरे। पार्टी कार्यालयको निर्देशनका बाबजुद आफूहरू विशेष महाधिवेशनको तयारीबाट पछि नहट्ने उनीहरूको अडान छ। यो घटनाले नेपाली कांग्रेसभित्र संस्थापन र असन्तुष्ट पक्षबीचको दूरी थप बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ