arrow

विपन्न वर्ग कर्जामा बैंकहरूको संकुचन: एक वर्षमै १८.८८ प्रतिशतले घट्यो लगानी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा प्रवाह गर्ने कर्जामा उल्लेख्य कटौती गरेका छन्। ऋण असुलीमा देखिएको गम्भीर समस्या र लघुवित्त क्षेत्रमा आएको मन्दीका कारण यस्तो कर्जाको आकार तीव्र रूपमा खुम्चिएको हो। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार २०८१ असार मसान्तमा ३ खर्ब ६५ अर्ब रुपैयाँ रहेको विपन्न वर्ग कर्जा २०८२ असारसम्म आइपुग्दा १८.८८ प्रतिशतले घटेर २ खर्ब ९६ अर्ब ९ करोड रुपैयाँमा झरेको छ। अचम्मको कुरा त के छ भने, यही अवधिमा बैंकहरूको समग्र कर्जा प्रवाह भने ८.१७ प्रतिशतले बढेको देखिएको छ, जसले बैंकहरू अन्य क्षेत्रमा लगानी बढाउन इच्छुक भए पनि विपन्न वर्गमा भने हात झिक्दै गरेको सङ्केत गर्दछ।

यस अवधिमा नेपालका सातै प्रदेशमा विपन्न वर्ग कर्जा घटेको छ, जसमा मधेश प्रदेशको अवस्था सबैभन्दा दयनीय देखिएको छ। मधेश प्रदेशमा मात्रै यस्तो कर्जा प्रवाहमा झण्डै ४० प्रतिशतको गिरावट आएको छ। राष्ट्र बैंकले लघुवित्त कर्जामा लगाएको सीमा, नियामकीय कडाइ र केही समयदेखि सञ्चालित ऋण नतिर्ने आन्दोलनका कारण असुली प्रक्रिया कमजोर बनेपछि बैंकहरू यो क्षेत्रमा थप लगानी बढाउन हिच्किचाएका हुन्। 

असुलीमा समस्या आएपछि बैंकहरूले थप जोखिम मोल्नुभन्दा पुराना कर्जा उठाउनमै आफ्नो ध्यान केन्द्रित गरेका छन्। यद्यपि, हालैका दिनमा केन्द्रीय बैंकले लघुवित्त कर्जाको सीमामा केही लचकता अपनाएकाले आगामी दिनमा भने यस क्षेत्रमा कर्जा विस्तार हुने आशा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ