arrow

महामन्त्रीद्वयको असहमतिबीच नेतृत्वबाट बैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
prakashsharan-mahat-82-9-18.jpg

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यही पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको कारण त्यो कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताए । 

उनका अनुसार बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बुहमत सदस्यको समर्थनमा पास गरिएको हो । 

उनले भने, ‘बैठकले पार्टीको केन्द्रीय समितिको म्याद अगामी जेठ मसान्तसम्म थपिएको छ । पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको कारण त्यो कार्यतालिता परिमार्जनसहित पारित गरेका छौँ । बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका पास भएको छ । बिचमा पार्टीको क्रियाशील सदस्यताका टुंग्याउन सम्भव नहुने भएको कारण र आम निर्वाचन पनि अगामी फागुन २१ मा हुने भएको कारण कार्यतालिका परिमार्जन गर्नुभएको हो । यद्यपि केही साथीहरुको फरक मत आएको छ । उहाँहरुले आफ्नो कुरा आफैं राख्नुहोला ।’

यद्यपि पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको उक्त निर्णयमा असहमति जनाउँदै विषेश महाधिवेशन आह्वान गर्ने भन्दै तयारीमा बस्न १४ औँ महाधिवेशनका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । 

उनीहरुले विधान मिचेर जान नसकिने भन्दै विधानअनुसार नै विशेष महाधिवेशन हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ