arrow

केन्द्रिय कार्यसम्पादन समिति बैठक जारी

कांग्रेसभित्रको विवाद उत्कर्षमा: कार्यसम्पादन समिति बैठकमा महाधिवेशनको टकराव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
karyasampadan-meet.jpg

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको महत्त्वपूर्ण बैठक आज शुक्रबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। 

पार्टीको १५औँ महाधिवेशन र विशेष महाधिवेशनलाई लिएर संस्थापन पक्ष र महामन्त्रीद्वयबीच उत्पन्न तीव्र विवादका बीच यो बैठकलाई विशेष चासोका साथ हेरिएको छ।

पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बिहीबार साँझ एक संयुक्त विज्ञप्ति जारी गर्दै आगामी पुस २६ देखि २८ गतेका लागि तय गरिएको नियमित महाधिवेशनको कार्यतालिका स्थगित भएको घोषणा गरेका थिए। 

वडा र पालिका स्तरका अधिवेशनहरू समयमै हुन नसकेपछि उनीहरूले अब 'विशेष महाधिवेशन' नै एकमात्र वैधानिक विकल्प भएको तर्क अघि सार्दै पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपमा हल समेत बुकिङ गरिसकेका छन्।

यता सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष भने आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मुखमा विशेष महाधिवेशन गर्दा पार्टीमा विभाजन आउन सक्ने भन्दै यसको कडा प्रतिवादमा उत्रिएको छ।

संस्थापन पक्षले महामन्त्रीहरूको निर्णयलाई 'अवैधानिक र व्यक्तिगत' भन्दै आलोचना गरेको छ भने बैठकमा सहभागी बहुमत सदस्यहरूले पनि तत्काल विशेष महाधिवेशन नगर्ने पक्षमा धारणा राखेका छन्। बैठकमा महाधिवेशनको संशोधित कार्यतालिका, विशेष महाधिवेशनको वैधानिकता र आसन्न निर्वाचनका लागि चुनावी रणनीतिबारे घनीभूत छलफल भइरहेको छ।

पार्टीभित्रको यो शक्ति संघर्षले आगामी निर्वाचनमा कांग्रेसको चुनावी अभियान र नेतृत्वको भविष्यलाई समेत प्रभावित पार्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ