arrow

चरित्र फेरबदलको चक्र

वासुदेवको दल परित्याग र विष्णु पौडेलको 'हामी सँगै छौँ' तस्बिर

logo
नारायण वली,
प्रकाशित २०८२ पुष १८ शुक्रबार
basudev ghimire-rupandehi-2.jpg

लुम्बिनी । कुनैबेला तिलोत्तमा नगरपालिकाको प्रथम मेयर हुँदा पालिका विकासको रोल मोडेलकको उपमा दिइएका वासुदेव घिमिरे २०७९ को प्रतिनिधि निर्वाचनमा धेरै मतान्तरले विजयी भएपछि जनताका प्रिय र अपराजेय योद्धाको रुपमा चर्चा पाए ।

त्यसपश्चात् मिडियामा नछाएका घिमिरेले जब यही पुस १५ गते फेसबुकमा स्ट्याटस लेख्दै पुरानो दलको नेतृत्वले जनचाहना बुझ्न नसकेको जिकिर गर्दै सामाजिक सञ्जालमा एमाले परित्यागको घोषणा गरेपछि रातारात सञ्जाल र मिडियामा छाए।

पार्टी परित्याग गरेको ४८ घण्टा नबित्दै घिमिरेले पुनः एमाले पार्टीमा फर्किएको परिचर्चा हुन थालेको छ । पुस १७ गते बेलुका एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमा दुई वटा तस्बिर सार्वजनिक गर्दै हामी सँगै छौं क्याप्सन लेखिपछि घिमिरेको त्यो दल परित्यागको स्टाटस धर्मराएको बुटवलमा उनकै पार्टीका केही स्थानीय नेता कार्यकर्ताले टिप्पणी गर्न थालेका छन् । 

विघटित प्रतिनिधिसभाका सांसद घिमिरेले दल त्यागेको उर्दीपछि गृहजिल्ला कुदेका केन्द्रीय नेताहरुसँग पाँच घण्टा बसेपछि बाहिरिएको सामुहिक तस्बिरले यतिबेला रुपन्देहीमा राजनीतिक नेताको प्रवृत्तिले समाजमा पारेको असरबारे सामाजिक सञ्जालमा चर्काे टिप्पणी भइरहेको छ । घिमिरेलाई भेट्नेमा सचिव छबिलाल विश्वकर्मा र लुम्बिनीका पूर्वमुख्यमन्त्री लिला गिरीसमेत रहेको जनाइएको छ । 

उपाध्यक्ष पौडेलसहित नेताहरुसँगको छलफलपछि तत्काल पार्टी नछाड्ने समझदारी भएको छ । वासुदेव निकट मानिने एमालेका नेता कमल पौडेलको योगिकुटीस्थित घरमा बसेको एमाले नेता लिला गिरीले जनाएका छन् ।

सामुहिक बैठकमा आफू नबसेको तर आफूले वासुजसँग एक्लै बसेर गल्ती गरेको ध्यानाकर्षण गराएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ