कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बाणगंगा नदीको बीचमा फसेका ७ युवाहरूलाई सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सकुशल उद्दार गरेको छ।
नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई सकुशल उद्दार गरेको हो ।
बाणगंगा नदीको बीचमा पुगेका बेला अचानक बाढी आएपछि उनीहरू फसेका थिए।