-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखकको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने गरी भएको व्यवस्था फुकुवा गरिएको छ ।
भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगको सचिवालयले गत असोज १६ गते लगाएको प्रतिबन्ध बिहीबार फुकुवा गरेको जनाएको हो ।
आयोगले पूर्व निर्णय उपरको कार्य सम्पन्न भइसकेको भन्दै लेखकको विदेश भ्रमण र उपत्यका छाड्न लगाइएको रोक फुकुवा गरिएको जनाएको हो ।
भदौ २३ गतेको जेन–जीमाथिको आक्रामणमा तत्कालीन गृहमन्त्री दोषी भएको भन्दै उनलाई आयोगले बयानका लागि बोलाएको थियो ।
उनले बयान दिएसँगै भ्रमण निषेध फुकुवा गरिएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानमा बोलाउने तयारी आयोगले गरेको छ ।
ओलीले यसअघिदेखि नै बयानमा नजाने भनिरहेका छन् । पत्र आएपछि के गर्छन् हेर्न बाँकी रहेको छ ।
