निर्वाचनअघि नै प्रतिनिधि सभा पुनःस्थापना भए स्वीकार्य हुन्छः कांग्रेस [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
892
Shares
काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचनअघि नै प्रतिनिधि सभा पुनःस्थापनाको फैसला आएको त्यसलाई स्वीकार गर्ने बताएको छ । सोमबार निर्वाचनका लागि समानुपातिक बन्द सूचीको नाम बुझाउनका लागि सूचना दिन निर्वाचन आयोग पुगेका कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सो कुरा बताएका हुन् ।
उनले कांग्रेसले पहिलो प्राथमिकतामा निर्वाचनलाई राखेको उल्लेख गर्दै त्यसअघि नै अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरे त्यसलाई स्वागत र स्वीकार गरेर अघि बढ्ने स्पष्ट पारे ।
उनले नयाँ राजनीतिक शक्तिहरूबीचको एकतालाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको समेत बताए ।
नेता विश्वकर्माले भने,‘निर्वाचन होस् भन्ने हाम्रो चाहना छ। सोहीअनुसार हामीले पहिला दल दर्ता पनि गर्यौँ । आज बन्द सूची बुझाउन आउँदैछौँ । केही समय पछि प्रत्यक्षको पनि उम्मेद्वारी दर्ता हुन्छ । त्यो पनि हामी गर्छाैँ । तर यो बीचमा कुनै न्यायिक फैसला आयो भने सर्वोच्च अदालत वा न्यायपालिकाबाट त्यस्तो फैसला आयो भने हामी त्यसलाई पनि स्वागत र पालना गर्दछौँ ।’
नेता विश्वकर्माले पूर्वसांसद र मन्त्रीलाई पार्टीले समानुपातिक बन्द सूचीमा नराख्ने समेत बताए ।