arrow

जसपामा फेरि एकता

उपेन्द्र र रेणु यादवको पार्टीबीच एकता

'जसपा नेपाल' नै नाम कायम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
renu-upendra.jpg

काठमाडौँ । विभाजनको छोटो समयमै जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीबीच औपचारिक रूपमा एकीकरण भएको छ। 

काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपाकी सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरूले पार्टी एकताको घोषणा गरेका हुन्।

एकीकरणपछि पार्टीको नाम 'जनता समाजवादी पार्टी, नेपाल' नै राख्ने सहमति भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले यो एकताले मधेस र पहिचानवादी शक्तिहरूलाई थप सुदृढ बनाउने र देशको वैकल्पिक राजनीतिक शक्तिको रूपमा अगाडि बढ्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ