arrow

रूसमा अन्न उत्पादन बढ्ने प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
wheat-china-25-6-7.jpg
फाइल तस्बिर

काठमाडौँ । रुसको सङ्घीय तथ्याङ्क सेवाले सन् २०२५ मा देशको गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० दशमलव ६ प्रतिशतले बढी हो ।

तथ्याङ्कअनुसार जौ उत्पादन १८ दशमलव ३ प्रतिशतले बढेर एक करोड ९७ लाख टन पुगेको छ ।

ओखतीको उत्पादन करिब एक चौथाइले वृद्धि भई ३८ लाख टन पुगेको छ भने कोदो उत्पादन ८ दशमलव ७ प्रतिशतले बढेर ३५ लाख टन पुगेको छ ।

दालजन्य बालीहरूको उत्पादन ऐतिहासिक रूपमा उच्च ८० लाख टन पुगेको छ, जसमा ५० प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ ।

यस वर्ष अन्न तथा दालजन्य बालीहरूको कुल अनुमानित उत्पादन १३ करोड ९४ लाख टन रहेको छ, जबकि सन् २०२४ मा यो परिमाण १२ करोड ५९ लाख टन थियो ।

यसैगरी, आलुको उत्पादन एक करोड ९५ लाख टन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव ४ प्रतिशतले बढी हो ।

फलफूल तथा बेरी वर्गका बालीहरूको उत्पादन ४३ लाख टन पुगेको छ, जसमा सन् २०२४ को तुलनामा ८ दशमलव एक प्रतिशत वृद्धि भएको तथ्याङ्क सेवाले जनाएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ