arrow

दश वर्ष पार्टी चलाएर देखाउन नयाँ दललाई कांग्रेस नेता राठौरको चुनौती 

फागुन २१ गते निर्वाचन नभए देश गृहयुद्धमा फस्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
kishor-sing-rathor-nc.jpg

काठमाडौँ । नेपाली कांग्रेस नेता किशोर सिंह राठौरले १० वर्ष पार्टी चलाएर देखाउन नयाँ राजनीतिक दललाई चुनौती दिएका छन् ।

उनले केही बर्ष अघिमात्रै खुलेका जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीको उदाहरण दिँदै १० वर्ष राम्रोसँग पार्टी चलाएर देखाउन चुनौती दिए ।

उनले नेपाली कांग्रेस, नेकपा एमालेलगायतका राजनीतिक दलले जनताको अधिकार, विकास दिएको बताउँदै सहकारी ठग र गँजेडीले देश चलाउन नसक्ने टिप्पणी गरे ।

उनले भने, ‘यी नयाँ पार्टीहरू कुरा ठूला गर्छन्, चर्काचर्का कुरा गर्छन् । १० बर्ष पार्टी चलाएर देखाउन् । त्यसपछि कुरा गरौँला । पाँच वर्ष चलाउन सकेका छैनन् । सबैले राजनीति गर्न पाउने अवस्था सिर्जना गर्न नै हामीले यति लामो संघर्ष गरेका हौँ । युक्रेनमा हिजो एउटा पपुलिस्ट कलाकारलाई राष्ट्रपति बनाउँदाको परिणाम आज जे भोगिरहेको छ, नेपालमा पनि यी गैरजिम्मेवार पार्टी, सहकारी ठग, दलाल, गँजेडीले हामी ८० वर्ष लामो संघर्ष गरेको पार्टीले विकास, जनतालाई अधिकार दियौँ । भ्रष्टाचार नियन्त्रण मात्रै हामीले गर्न सकेका छैनौँ । भ्रष्टाचार नियन्त्रण अहिले पनि हुन सकेको छैन । भोलि आउने सरकारले पनि गर्न सक्दैन ।’

उनले पार्टीको १४औँ महाधिवेशनमा पराजय व्यहोरेकाले चिच्याएर बोल्न जरुरी नरहेको बताए। फागुन २१ गते निर्वाचन नभए देश गृहयुद्धमा फस्ने चेतावनी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ