सानेपामा जुट्दै कांग्रेसका शीर्ष नेता, बन्द सूची र महाधिवेशन मुख्य एजेण्डा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि निरन्तर जारी रहने भएको छ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।
आजको बैठकमा मुख्य गरी निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची तयार पार्ने विषयमा घनीभूत छलफल हुनेछ। यसका साथै पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको आगामी महाधिवेशनको तयारी र अन्य साङ्गठनिक विषयहरूमा पनि नेताहरूबीच संवाद हुने कार्यसूची रहेको छ।
निर्वाचन आयोगले आज र भोलिभित्र बन्द सूची पेस गर्नुपर्ने समय सीमा तोकेकाले कांग्रेसले आफ्नो सूचीलाई अन्तिम रूप दिन यो बैठकलाई निकै महत्त्वका साथ हेरेको छ।