arrow

पार्टी महाधिवेशन नगर्ने देउवाको स्पष्ट बोली, आमनिर्वाचन पहिलो प्राथमिकता 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
deuba-jagadish-kharel.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताएका छन् । 
 
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उनले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताए । 
 
साथै सभापति देउवाले स्वतन्त्र एवं निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले बताए । 

निर्वाचनलाई पहिलो प्राथमिकता दिएको बताएर देउवाले पार्टी महाधिवेशनलाई भने छायाँमा पारेका छन् । कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिए पनि देउवाले आफूले नै कार्यकारीको भूमिका निभाइरहँदा पुस अन्तिममा हुने भनी केन्द्रीय कार्यसमितिबाट गरिएको निर्णय कार्यान्वयन नहुने निश्चित भएको छ । 

त्यतिमात्र होइन ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले मागेको विशेष महाधिवेशनलाईसमेत देउवाले लत्याएको छन् । गत असोज २९ गते हस्ताक्षरसहित विशेष महाधिवेशन मागेपछि विधानतः त्यसको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्छ । 

तर उक्त मतकोसमेत बेवास्ता भएको छ । कुनै पनि हालतमा पुस २९ भित्र विशेष महाधिवेशन गर्नैपर्ने हुन्छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ