arrow

सभापतिमा प्रतिस्पर्धा गर्ने गगन थापाको घोषणा

सहमति भए आफू पद त्याग गर्नसमेत तयार रहेको स्पष्टोक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
gagan-thapa-02-07-09-082.jpg

काठमाडौँ । नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले १५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू १५औँ महाधिवेशनमा सभापतिको उम्मेद्वार रहेको र सभापति बन्ने दाबी गरे । उनले सहमति भए आफू पद त्याग गर्नसमेत तयार रहेको स्पष्ट पारे ।

महाधिवेशन नेतृत्व परिवर्तन गर्नेमात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको पनि बताए। उनले अहिले क्रियाशील सदस्यको काम पठाउन ढिलाइ गरिरहेको बारे पनि आपत्ति जनाए।

महाधिवेशन समयमै गर्ने विश्वास आफूमा रहेको भन्दै महामन्त्री थापाले महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि बताए ।

 जुनसुकै मूल्य चुकाउन आफू तयार रहेको तर महाधिवेशन निर्वाचनअघि हुनैपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले भने, ‘अहिले तलबाट क्रियाशिल सदस्यको कामहरु हुँदै गर्दा ठाउँ ठाउँबाट क्रियाशील सदस्य पठाइदिनुपर्ने कुराहरू जसरी भइराख्नुपर्ने हो आइरहेको छैन । तर म कसैलाई दोष दिन्न । किनभने अझै गर्न सक्छु भन्ने विश्वास छ । लागिरहेको छौँ । पत्रपत्रिकाहरू हेर्दा अब यो भ्याइँदैन, गर्न सकिँदैन, पहिला राम्रो बाटोमा पानी लगेर खन्याएर अब बाटो हिलो छ, हिँड्न सकिँदैन भनेको जस्तै हो । मजाले बाटो ठीक थियो । समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो । तर कता कता कता अलि अलि त्यो स्मेल गरिरहेका छौँ । यो विषयमा पार्टीको लिडरसिपलाई स्पष्ट भनिरहेका छौँ । हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ । म अहिले पार्टीको सभापतिको १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो । म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु । अधिवेशन नेतृत्व नयाँ आउने कुरा मात्रै होइन, पार्टी नयाँ बनाउने समय पनि हो ।’

महामन्त्री थापाले नियमित अधिवेशन वा विशेष महाधिवेशन हुनैपर्नेमा जोड दिँदै महाधिवेशन बिना नेपाली का‌ंग्रेस निर्वाचनमा नजाने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ