काठमाडौं । केही दिनअघि प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका एसएसपी सर्वेन्द्र खनालले प्रहरी प्रवक्ताको जिम्मेवारी पाएका छन् । प्रहरी व्रवक्ता हेमन्त मल्ल ठकुरी सरुवा भएपछि प्रवक्ताको स्थान खाली थियो भने, सह–प्रवक्ता एसएसपी ठाकुरप्रसाद ज्ञवालीले प्रवक्ताको काम गर्दै आएका थिए । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल आफु सेवा निवृत्त भएकै दिन खनाललाई जिम्मेवारी दिएर गएका हुन् ।
अपराध महाशाखा प्रमुख हुँदा निकै चर्चा कमाएका खनाल प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएपछि अपराधन नियन्त्रण र अनुसन्धानमा असर पर्ने भन्दै थुप्रै टिप्पणी भएका थिए । यद्यपि, एक वर्षमा हुनुपर्ने सरुवा ६ महिना ढिला भएको थियो ।