काठमाडौँ । दक्षिण कोरियाको संवैधानिक अदालतले बिहीबार महाअभियोग लगाइएका पूर्व राष्ट्रपति युन सुक योलको गत वर्ष डिसेम्बरमा असफल सैनिक कानून घोषणामा संलग्नताका कारण प्रहरी प्रमुखको महाअभियोगलाई सदर गरेको छ ।
अदालतको फैसलाले कोरियन राष्ट्रिय प्रहरी एजेन्सीका कमिस्नर जनरल चो जी-होलाई तत्काल पदबाट हटाइएका छन् ।
चोको महाअभियोग प्रश्ताव गत वर्ष डिसेम्बर १२ मा राष्ट्रिय सभाले पारित गरेको थियो ।
उनीमाथि सांसदहरूलाई संसद भवनमा प्रवेश गर्न रोकेको र आपत्कालीन सैनिक कानूनको समयमा राष्ट्रिय निर्वाचन आयोगमा प्रहरी अधिकारीहरू खटाएको आरोप थियो ।
राष्ट्रपति युनले गत वर्ष डिसेम्बर ३ को राति सैनिक कानून घोषणा गरेका थिए । तर राष्ट्रिय सभाले केही घण्टापछि नै त्यसलाई खारेज गरेको थियो ।
चोमाथिको यो फैसलासँगै संवैधानिक अदालतले सैनिक कानूनबाट उत्पन्न भएका सबै महाअभियोगका मुद्दाहरूको निष्कर्ष निकालेको छ ।