arrow

एमालेको मतदान अन्तिम चरणमा, विद्युतीय मेसिनमा मत खसाल्नै लाग्यो तीन घण्टासम्म 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
uml-mahadhiveshan-82-8-03.jpeg

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा मतदान प्रक्रिया सारै लम्बिएको छ । यो प्रक्रिया अब भने अन्तिम चरणमा प्रवेश गरेको छ । बुधबार बिहान ९ः१५ बजेबाट शुरू भएको मतदान बिहीबार बिहान उज्यालो भैसक्दासमेत चलिरहेको छ । 

अन्तिम लटमा मतदान भइरहेकाले अब छिट्टै सकिने छ । एमाले निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले मतदान प्रक्रियाको अन्तिम चरणमा प्रवेश गरिसकेको बताए । 

केही अनुपस्थित रहेकाले अब छिट्टै सकिने उनले बताए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दै भए पनि केही उपस्थित नभएको उनले बताए । 

विद्युतीय मेसिनको प्रयोग गरी भएको मतदानमा यति धेरै लामो समय लाग्दा भने अचम्मै भएको छ । एक जनाले तीन घण्टासम्म लगाएको पाइएको छ । 

अध्यक्ष केपी शर्मा ओलीलेसमेत एक घण्टा समय लगाएको जनाइएको थियो । नेतृत्वका लागि ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ । 

विद्युतीय मतदान भएकाले मतगणना भने छिट्टै सकिनेछ । 

रातभर मतदानका लागि लाइनमा बस्दा भने मतदातालाई कष्ट भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ