arrow

राष्ट्रियता रक्षाका लागि ओलीकै नेतृत्व अपरिहार्य: पदम गिरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
padam-giriss.jpg

काठमाडौँ। नेकपा (एमाले) का नेता पदम गिरीले देशको वर्तमान संकटासन्न स्थिति र राष्ट्रियताको रक्षाका लागि पार्टीमा केपी शर्मा ओलीकै दृढ नेतृत्व आवश्यक रहेको बताएका छन्।

११औँ राष्ट्रिय महाधिवेशनको मतदान प्रक्रियाका क्रममा भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुक अप्ठ्यारो स्थितिमा रहेको र संविधानको रक्षाका लागि एमालेमा बलियो नेतृत्वको विकल्प नरहेको दाबी गरे।

नेता गिरीले लोकतन्त्रमाथि विभिन्न किसिमका आक्रमण भइरहेको सन्दर्भमा एमालेको यो महाधिवेशन सिंगो राष्ट्रको भविष्यसँग जोडिएको उल्लेख गरे।

उनले महाधिवेशन प्रतिनिधिहरू उत्साहपूर्वक मतदानमा सहभागी भइरहेको र अधिकांश प्रतिनिधिको मानसिकता ओलीकै नेतृत्वमा अघि बढ्ने देखिएको बताए। यस पटकको महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भइरहेको भन्दै उनले नयाँ केन्द्रीय कमिटीमा धेरै नयाँ अनुहारहरू देखिने समेत जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ