कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा मा बस्दैछ।
यो बैठक पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन मा शोक प्रस्ताव पारित गर्नका लागि बोलाइएको हो।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई उक्त आकस्मिक बैठकमा उपस्थित हुनका लागि अनुरोध गरेको छ।