arrow

क्षतिग्रस्त संसद भवनमा पूर्वराष्ट्रपति भण्डारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
bidhya-devi-08-25.jpg

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको निरीक्षण तथा अवलोकन गरेकी छन्।

केही समयअघि 'जेन–जी' आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी स्वयं भवन परिसरमा पुगेकी हुन्। निरीक्षणका क्रममा उनले संसद भवनको मुख्य गेट, सभाहल, बैठक कक्षलगायतका क्षेत्रमा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गरिन् र क्षतिग्रस्त संरचना तथा सामग्रीहरू नजिकबाट हेरिन्।

संसद सचिवालयका उच्च अधिकारीहरूले पूर्वराष्ट्रपतिलाई आन्दोलनका क्रममा भएको तोडफोड र हालसम्मको मर्मत–सम्भारको अवस्थाबारे ब्रिफिङ गराएका छन्। जेन–जी आन्दोलनका नाममा भएको उक्त तोडफोड र आगजनीको घटनालाई लिएर देशव्यापी रूपमा आलोचना भएको थियो भने संसद भवनको सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न उठेको थियो। पूर्वराष्ट्रपति भण्डारीले संसद भवनको अवलोकनपछि कुनै प्रतिक्रिया भने दिएकी छैनन्। यसअघि भण्डारीले क्षतिग्रस्त सिंहदरबारको अवलोकन गरेकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ