शिक्षण अस्पताल पुगेर विद्यादेवीले लिइन् केपीको स्वास्थ्य अवस्थाबारे जानकारी
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
963
Shares
तस्बिर फाइल
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्ज पुगेर उनले आज अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले बताए।
पूर्वराष्ट्रपति भण्डारीले उपचारमा संलग्न चिकित्सकसँग पनि ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।
अध्यक्ष ओलीलाई गत भदौ २३ र २४ गतेको 'जेनजी आन्दोलन' छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका क्रममा गत शनिबार पक्राउ गरिएको थियो।
पक्राउपछि स्वास्थ्यमा समस्या देखिएकाले उनलाई उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको छ।