arrow

गगन थापा प्रतिनिधि सभा निर्वाचनका लागि चार जिल्लाबाट सिफारिस 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
gagan-thapa-05-06.jpg
तस्बिर : फाइल

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा चार जिल्लाबाट सिफारिस भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उनी काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस भएका हुन् । 

उनको पुरानो क्षेत्र काठमाडौँ ४ बाट उनी प्रत्यक्षतर्फ सर्वसम्मत एकल एम्मेदवारका रुपमा सिफारिस भएको क्षेत्रीय सभापति श्याम संगतले जानकारी दिए । उनले विवादरहित तरिकाले थापाको नाम सर्वसम्मत भएको बताए । 

समानुपातिकतर्फ भने तीन जनाको नाम सिफारिस भएको छ । जसमा राधा घले, नर्बदा पोखरेल र राजन विश्वकर्मा रहेका छन् । 

राष्ट्रिय सभामा भने आकांक्षी धेरै देखिएका छन् । जसमा पूर्व प्रतिनिधि सभा सदस्य दिब्यमणी राजभण्डारी, अनारदेवी बस्नेत, कमला राई र शशी रिमाल रहेका छन् । 

कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला जिल्लाका निर्वाचन क्षेत्रमा आपसी सहमतिमा यही बिहीबार २५ गतेसम्ममा नाम सफारिस गर्न आग्रह गरेअनुसार अहिले धमाधम नाम सिफारिस भइरहेको हो ।

सो क्रममा महामन्त्री थापाको नाम काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस भएको हो । 

उनलाई सर्लाहीको क्षेत्र नम्बर ४ बाट सिफारिस गरिएको हो । थापासँगै सर्लाही ४ बाट वीरेन्द्रप्रसाद सिंहको नाम पनि सिफारिस भएको छ ।

धनकुटाबाट पनि उनी सिफारिसमा परेका छन् । जिल्ला कार्यसमिति बैठकले थापाको नाम प्रत्यक्षतर्फ एक नम्बरमा राखेर सिफारिस गरेको हो । दोस्रोमा दिनेश राईको नाम रहेको छ । त्यस्तै हरिकुमार राई र मनोहर नारायण श्रेष्ठको नाम पनि प्रत्यक्ष उम्मेदवारतर्फ सिफारिस गरिएको छ ।

रोल्पाबाट महामन्त्री थापासँगै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, डा मन्दिप सुवेदी र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ