हेटौैंडा । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले प्रचण्ड सरकारले चुनाव सार्ने रणनीति बनाएको आरोप लगाएका छन । युवा संघ मकवानपुर जिल्ला कमिटिले हेटौडामा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्ड सरकारले संविधान संशोधन लगाएतको विषय देखाएर निर्वचन सार्ने खोजेको भन्दै नेपाल सरकारका पूर्व गृह मन्त्री समेत रहेका एमाले उपाध्यक्ष रावलले एमालेले जनतालाई धोका दिनेहरुको पर्दाफास गर्ने समेत चेतावनी दिए ।
उनले एक तिहाई भन्दा धेरै सांसदहरु विपक्षमा हुँदाहुँदै सरकारले संविधान संसोधन गर्छु भन्दै हिड्नु हाँस्यास्पद भएको उल्लेख गरे । कार्यक्रममा एमाले केन्द्रीय सदस्य विरोध खतिवडाले नेपालमा एमालेको आधीबेरी आएको भन्दै राष्ट्र विरोधिहरुलाई अब एमालेले बढार्ने चेतावनी दिए ।
कार्यक्रममा युवा संघ नेपालका पुर्व अध्यक्ष तथा नेपाल सरकारका पूर्व उद्योग मन्त्री महेश बस्नेत, एमालेका सदस्यहरु कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा, एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ५ सय युवाहरु एमालेमा प्रवेश गरेको बताईएको छ भने संघिय समाजवादी फोरम मकवानपुर निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य, सहित सम्पूर्ण जिल्ला कमिटि, मकवानपुरमा रहेका सबै क्षेत्रीय कमिटि र क्याम्पस कमिटिका सदस्यहरु एमालेमा प्रवेश गरेका युवा संघका जिल्ला अध्यक्ष सन्तोष चौलागाईले बताए। ।