arrow

काँग्रेस कार्यालयमा २७ दिनसम्म चलेको रिले अनसन सकियो

सोलुखुम्बुको जिल्ला अधिवेशनबारे छानबिन समिति

logo
प्रकाशित २०७३ माघ २९ शनिबार
congress.jpeg
काठमाडौँ । नेपाली काँग्रेस सोलुखुम्बु जिल्लाको अधिवेशन हुनुपर्ने माग गर्दै काँग्रेस केन्द्रीय कार्यालय सानेपामा २७ दिनदेखि जारी रिले अनशन छानबिन समिति बनेपछि शनिबारदेखि अन्त्य गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा सोलुखुम्बु जिल्ला कार्यसमितिको यथार्थ वस्तुस्थिति बुझेर प्रतिवेदन तयार गर्न काँग्रेस नेता एवम् सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा समिति गठन गरिएको हो । 
 
समितिका सदस्यहरूमा मीनबहादुर विश्वकर्मा र गोविन्द भट्टराई रहेको पार्टीका मुख्यसचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए । 
 
पार्टीको १३औँ महाधिवेशनका क्रममा सम्पन्न जिल्ला अधिवेशनबाट सोलुखुम्बुमा विनोदबाबु बस्नेत पार्टी सभापतिमा निर्वाचित भए पनि अर्को पक्षले अधिवेशनलाई अवैधानिक भन्दै आएको थियो । 
 
समितिले आगामी चैत १५ गतेसम्म सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने सहमति भएपछि २७ दिनदेखि जारी अनशन स्थगन गरिएको सोलुखुम्बुका कार्यबाहक सभापति कृष्णप्रसाद निरौलाले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ