arrow

यस्तो आयो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा [पूर्णपाठ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
nepal-rastra-bank-new-81-5-27.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । 

सोअनुसार विदेशी पर्यटकको आगमन बढेको छ । वस्तु आयातको वृद्धि कोभिडपूर्वको अवस्थामा पुगेको छ भने निर्यातमा समेत उल्लेख्य सुधार आएको छ । 

विप्रेषण आप्रवाहको बढोत्तरीले विदेशी विनिमय  सञ्चिति बढ्दै गएको छ । मुद्रास्फीति लक्ष्यभन्दा न्यून छ । समग्र वित्तीय स्थायित्व कायम  रहेको छ । बैकिङ क्षेत्रमा प्रचुर तरलता छ भने ब्याजदर न्यून छ । यद्यपि कर्जा विस्तार अपेक्षित  रूपमा हुन सकेको छैन ।  

जलवायु परिवर्तन र प्राकृतिक प्रकोपबाट पनि विश्व अर्थतन्त्रमा  चुनौती थपिएको छ । फलस्वरूप विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२४ मा ३.३ प्रतिशत  रहेकोमा सन् २०२५ मा ३.२ प्रतिशत र सन् २०२६ मा ३.१ प्रतिशत रहने अन्तर्राष्ट्रिय  मुद्राकोषको प्रक्षेपण छ ।
 
सन् २०२४ मा १.८ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्र सन् २०२५ र सन् २०२६  दुवै वर्ष १.६ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ । त्यसैगरी, सन् २०२४ मा ४.३ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन्२०२५ मा ४.२ प्रतिशत र सन्२०२६ मा ४.० प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ । 

२०८२ असोजमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ ।  अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । तरकारी,  मसला, दाल तथा गेडागुडीको मुद्रास्फीति ऋणात्मक भएका कारण खाद्य तथा पेय पदार्थ  समूहको मूल्य वृद्धि २०८२ असोजमा २.५४ प्रतिशतले ऋणात्मक रहेको छ । गैर–खाद्य तथा  सेवा समूहका मुद्रास्फीति भने ३.८० प्रतिशत रहेको छ । 

 २०८२ असोजमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.३२ प्रतिशत रहेको छ । यस्तो मुद्रास्फीति  अघिल्लो वर्षको सोही महिनामा ५.५१ प्रतिशत रहेको थियो । यस अवधिमा तलब तथा ज्याला  सूचकाङ्क ४.४८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सूचकाङ्क ३.३१  प्रतिशतले बढेको थियो । 

नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) को तथ्याङ्कअनुसार आर्थिक वर्ष  २०८२/८३ को पहिलो त्रयमासमा संघीय सरकारको कुल खर्च १०.८ प्रतिशतले र राजस्व  परिचालन ०.३ प्रतिशतले बढेको छ । यस अवधिमा नेपाल सरकारको कुल खर्च रु.३६४ अर्ब  ५९ करोडमध्ये चालु खर्च रु.२५६ अर्ब ८१ करोड, पँुजीगत खर्च रु.१९ अर्ब १८ करोड र वित्तीय  व्यवस्था खर्च रु.८८ अर्ब ६० करोड रहेको छ ।  

 समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय  सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.२४९ अर्ब ५ करोड रहेको छ । यस अवधिमा नेपाल  सरकारलेरु.९० अर्ब आन्तरिक ऋण र रु.१६ अर्ब ३३ करोड बाह्य ऋणसमेत गरी कुल रु.१०६  अर्ब ५५ करोड ऋण परिचालन गरेको छ । 

आर्थिक वृद्धिलाई  सहयोग पुर्याउने मूलभूत उद्देश्यका साथ आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति २०८२ असार २७ गते सार्वजनिक गरिएको थियो । मौद्रिक नीति जारी भएपश्चात्राष्ट्रिय राजनीतिमा  नयाँ परिस्थिति सिर्जना भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ