arrow

एमालेको महाधिवेशनका लागि मकवानपुरबाट प्रतिनिधि चयन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
uml-party-office-11-07.jpg

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनका लागि मकवानपुर क्षेत्र नं १ मा निर्वाचनमार्फत प्रतिनिधि चयन भएको छ ।

हेटौँडामा सम्पन्न निर्वाचनमा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित भएका छन् । 

महाधिवेशन प्रतिनिधिका लागि अध्यक्ष पोखरेलसहित २२ जना प्रतिस्पर्धामा थिए । जसमध्ये आठ जना निर्वाचित भएका हुन् ।

निर्वाचनबाट नवीन सिग्देल, फुर्वा दोर्जे लामा, सुनील मोक्तान, अणराज जर्गामगर, आरती पाठक, सीता विष्ट, विनाकुमारी थिङ र बोलबहादुर कार्की निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सूर्यप्रसाद न्यौपानेले जानकारी दिए ।

निर्वाचित सिग्देल, लामा र मोक्तान क्रमशः हेटौँडा उपमहानगरपालिका वडा नं ४, १० र १५ का वडाध्यक्षसमेत छन् । 

यस्तै, मकवानपुर क्षेत्र नं २ बाट बलराम बल, एकालाल श्रेष्ठ, हिदम लामा, विदुर हुमागाईं, सुमित्रा काफ्ले, भगवती पुडासैनी, गीता प्रजा र रोहन लामा निर्विरोध चयन भएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ