arrow

एक हजार दरका ४३ करोड थान नयाँ नोट चीनमा छापिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ । केन्द्रीय बैंकले एक हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ ।

राष्ट्र बैंककाअनुसार चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई उक्त नयाँ नोट छाप्ने ठेक्का दिइएको हो । 

यो कम्पनीले एक हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ । 

नेपाल राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो । 

बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रस्ताव गरेकाले कर्पाेरेशनलाइ बैंकले छनोट गरेको हो । 

राष्ट्र बैंकले कुल एक करोड ६९ लाख ८५ हजार अमेरिकी डलर (हालको विनिमय दरअनुसार दुई अर्ब ४२ करोड ६७ लाख ६१ हजार रूपैयाँ) भुक्तानी गर्ने सहमति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ