arrow

बालुवाटार पुगे एमाले नेताहरू

निर्वाचनमा सहभागी हुन प्रधानमन्त्री कार्कीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
uml-balwatar-sushila.jpg

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार बालुवाटारमा बोलाएर नेकपा एमालेका नेताहरूसँग भेटवार्ता गरेकी छन्।

संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल थिए भने नेकपा एमालेका पक्षबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी थिए।

प्रधानमन्त्री कार्कीले एमाले नेताहरूलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन आग्रह गरेकी छन्।

एमालेले सरकार निर्वाचनमय वातावरण बनाउन नलागेको, एमालेका नेताहरूलाई स्थानहद तोकिएको र नेताहरूलाई कार्यक्रममा जान रोक लगाइएको भन्दै निर्वाचन गराउन सरकार प्रयासरत नरहेको बताउँदै आएको छ। 

एमालेले संसद पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालतमा निवेदन समेत दिएको छ। एमालेले वर्तमान सरकार अवैधानिक रुपमा बनेकाले यो सरकारले निर्वाचन नगराउने बताएको छ। यद्यपि निर्वाचन आयोगमा गई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता भने गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ