राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब रुपैयाँ तरलता खिच्ने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
709
Shares
काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि आज बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ।
राष्ट्र बैंकका अनुसार आज मध्याह्न २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप खिच्न सुरु गरिने छ। खिँचिएको उक्त निक्षेप पुस २३ गतेसम्म राष्ट्र बैंकमा रहने छ। यस बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्नुपर्ने छ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त "क", "ख" र "ग" वर्गका बैंक तथा वित्तीय संस्था मात्र यस प्रक्रियामा सहभागी हुन पाउने छन्।