arrow

जेन-जीका नाममा अस्थिरता र अराजकता बढ्योः प्रदीप ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
pradip-rajan.jpg

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय जेन-जीको नाममा देशमा अस्थिरता र अराजकता बढ्दै गएको बताएका छन् । 

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गठन गरिएको जनपरिचालन समितिको पहिलो बैठकलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले देशमा अराजकता फैलाउने गतिविधिलाई सरकारले नै संरक्षण र प्रश्रय दिइरहेको बताए ।

अराजकतावादलाई प्रश्रय दिने गतिविधि खतरा बन्दै गएको बताउँदै उनले यस्तो प्रवृत्तिको संगठित प्रतिरोध गर्नुपर्नेमा जोड दिए । 

उनले देशको समृद्धिको मार्गमा अवरोध सिर्जना गर्न देश-विदेशका केही शक्ति सक्रिय रहेको बताए ।

ती सबै खालका शक्तिलाई परास्त गर्नु आजको आवश्यकता भएको उनले स्पष्ट पारे । 

यसलाई रोक्न जनपरिचालनबाट मात्र सम्भव हुने बताउँदै उनले नेपालको राजनीतिक इतिहासमा जनपरिचालनको क्षेत्रमा एमाले अग्रणी शक्ति भएको दाबी गरे । 

प्रत्येक महाधिवेशनदेखि प्रतिगमनविरुद्धको सङ्घर्षसम्म एमालेको जनपरिचालन निर्णायक रूपमा प्रभावशाली रहँदै आएको ज्ञवालीको भनाइ छ । 

बैठकमा एमाले बागमती प्रदेश इञ्चार्ज तथा जनपरिचालनका सचिव राजन भट्टराईले यस पटकको एमालेको ११औँ महाधिवेशनमा ऐतिहासिक रूपमा सबैभन्दा ठूलो जनपरिचालन हुने दाबी गरे ।

महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने तयारी भएको बताए ।

यसका लागि आवश्यक तयारी शरू भइसकेको भट्टराईले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ